“अब श्रीपेचसहितको गणतन्त्र”



‘नेपालमै सकिन्छ’ पुस्तक सार्वजनिक
टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रवीन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा ‘सम्भव छ’ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्तरुपमा लोकार्पण गरे। लेकार्पण समारोहमा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री भएको बताए।

उद्यमी कर्ण शाक्य तथा समाजसेवी उत्तम सञ्जेलले सकारात्मक सोचका पुस्तकहरु बजारमा आउनु खुशीको कुरा रहेको बताए। कार्यक्रममा ‘सम्भव छ’ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने मानसिकता समाजमा रहेकाले सकारात्मक अभियानहरुको आवश्यकतामा जोड दिए। यसअघि प्रेरणादायी पुस्तक ‘सम्भव छ’ लेखिसकेका भण्डारीको यो पुस्तकमा उद्यमशीलतासम्बन्धी टिप्स, डीभी⁄पीआर छोडेर नेपाल फर्किएका तथा मास्टर्स डिग्री सकेर सानातिना व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय व्यक्तिहरुको सन्दर्भ समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्