तीन मुक्तक



सूर्यप्रसाद लाकोजू, पनौती, काभ्रे
सुन किन चाहियो ?
गुन भएपछि सुन किन चाहियो ?
मायाको तरकारीमा नुन किन चाहियो?
तिमी नै भएपछि मसँग
मलाई आकाशको जुन किन चाहियो ?
के मजा ?
हिउँद नभई पानी जम्नुको के मजा ?
वर्षा नभई तन भिज्नुको के मजा ?
यहाँ एक्लै छु म नितान्त
तिमी विना स्वर्गै भए नि घुम्नुको के मजा ?
मन भयो हतास
तिललाई पहाड बनाउँछन् छैन कतै निकास
उज्यालोको कुरा गर्छन् छैन कतै प्रकाश
चारैतिर छिन्नभिन्न छ छैन कतै विकास
अगुवाहरुको चाला देखेर मन भयो हतास।

प्रतिक्रिया दिनुहोस्