सञ्चारमाध्यम विरुद्ध ट्रम्पको आक्रोश बीबीसी पत्रकारलाई दुव्र्यवहार



वासिंगटन, (एजेन्सी)
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले गरेका कामको बचाउ गर्दै सञ्चार माध्यममाथि तीखो आक्रमण गरेका छन्।

करिब एक घण्टा लामो उक्त पत्रकार सम्मेलनमा ट्रम्पले प्रेस नियन्त्रणबाहिर भइसकेको बताए। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि आफूले अमेरिका र विदेशमा सत्तामा गडबड नै पाएको बताए। त्यसको वावजुद पनि सञ्चार माध्यमले उनको उपलब्धिलाई कम आंकलन गरेको ट्रम्पले बताए।

ह्वाइट हाउसमा प्रेस सम्मेलन आयोजना गर्नुको कारण आफूले देशका जनतासँग सिधा कुरा पुर्याउनका लागि भएको उनले बताए। ट्रम्पले सञ्चार माध्यमका विषयमा भने–‘प्रेस यति बेइमान भइसकेको छ कि यदि हामीले यस विषयमा चर्चा नगर्ने हो भने यसले अमेरिकी नागरिकलाई ठूलो नोक्सान हुनेछ।

ट्रम्पले सेयर बजारमा आएको तीब्रता र गैरकानुनी आप्रावासीहरूमाथि कारवाहीलाई आफ्नो प्रशासनको सफलताको संकेत हो। ट्रम्पले यात्रा प्रतिबन्धलाई लिएर नयाँ संसोधित कार्यकारी आदेश अर्को हप्ता आउने सम्भावना रहेको बताए। नयाँ कार्यकारी आदेशलाई अदालतको आदेशअनुसारको स्वरूप दिने उनले थपे।

यसअघि ७ मुश्लिम बाहुल्य देशबाट आउनेलाई रोक लगाउने ट्रम्पको आदेशलाई अदालतले रोक लगाएको थियो। क्याबिनेटको शुरूआतका दिनमा अव्यवस्थाको दावीलाई अस्वीकार गर्दै ट्रम्पले भने– ‘नयाँ प्रशासन एउटा राम्रो ट्युन मेसिनले जस्तै काम गरिरहेको छ।

यसअघि अमेरिकामा राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्निले राजीनामा दिनुपरेको थियो। श्रममन्त्रीका लागि नामांकित नाम पनि फिर्ता लिएका थिए। ट्रम्पले आफ्नो क्याबिनेटमा एलेग्ज्यान्डर एकास्टालाई श्रम मन्त्रीका रूपमा मनोनित गरेका छन्। यदि एकास्टाको नियुक्तीलाई संसद्ले अनुमोदन गरेमा उनी ट्रम्प क्याबिनेटमा उनी पहिलो हिस्पेनिक मन्त्री हुनेछन्।

ट्रम्पले रुससँग राम्रो सम्बन्धको विषयमा उनको विचारलाई लिएर सन्चारमाध्यम सही ढंगले प्रस्तुत नगरेको उनले बताए।

ट्रम्प पत्रकार सम्मेलनमा सहभागी भएका बीबीसीका पत्रकारसँग पनि अनौठो तरिकाले प्रस्तुत भएका थिए। प्रश्न सोध्नका लागि उठेका बीबीसी पत्रकारलाई पहिलाको प्रसंगसँग जोडेर ‘अर्को एक जना पनि आए’ भन्दै होच्याएका थिए। ट्रम्पले उनलाई राम्रोसँग प्रश्न राख्न पनि दिएका थिएनन्। यसअघि उनले पत्रकारहरू बेइमान, जंगली र अनियन्त्रित भएको आरोप लगाएका थिए।

अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित अर्बपति व्यापारी ट्रम्प फरक नीति तथा विवादास्पद टिप्पणीका कारण विशेष चर्चामा रहने गरेका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकारको पद अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्तीका लागि नाम घोषणा गरेका नौसेनाका पूर्वप्रमुख रोवर्ट हवार्डले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

हवार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल सिलनको ठाउँमा सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएको थियो। अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्धलाई लिएर उठेको विवादका कारण सिलनले राजीनामा दिएको हो। हवार्डले आफ्नो पारिवारिक र वित्तीय प्रतिबद्धतालाई कारण देखाउँदै उक्त पद अस्वीकार गरेको हो।

यद्यपि अमेरिकी टेलिभिजन सीएनएन र पोलिटिकोले आफ्नो नियुक्तिप्रति हवार्ड असन्तुष्ट हुनाको कारण अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्भन्दा ट्रम्पका राजनीतिक सल्लाहकारहरू नीति निर्माणमा हाबी हुनसक्ने देखेपछि पद अस्वीकार गरेको जनाएका थिए।

सीएनएनको विज्ञप्तिमा हावार्डले राजनीतिक सल्लाहकारको हाबी हुने देखिएपछि पद नस्वीकारेको जनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्