जासुसी गर्न सीआईएको निर्देशनः विकिलिक्स



लन्डन, (एजेन्सी)
विकिलिक्सद्वारा बिहीबार राति सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ।

विकिलिक्सले उक्त दस्तावेजलाई सार्वजनिक गर्दै अमेरिकी गुप्तचर अधिकारीहरू अनधिकृत रूपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको जनाएको छ। विकिलिक्सद्वारा प्रकाशित सीआईएसम्बन्धी गोप्य दस्तावेज असाधारण भए पनि सो निर्देशन भने सामान्य सूचना संकलनका लागि दिइएको जस्तो देखिएको छ।

फ्रान्सेली सञ्चारमाध्यमले उक्त दस्तावेजमा उल्लेखित निर्वाचन हुनुभन्दा दुई महिना पहिले सार्वजनिक भएको यस सूचनालाई खासै महत्व दिएको छैन। सीआईएद्वारा दस्तावेजबारे कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा केही पनि नखुलाएको तर इमेलमार्फत सूचना आधिकारिक भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्