पत्रकार महासंघ खोटाङको अधिवेशन स्थगित



रामधन राई, खोटाङ ।
केन्द्रबाट प्रतिनिधि नआइपुग्ने निश्चित भएपछि फागुन ७ गतेका लागि तोकिएको नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अधिवेशन एक दिनको लागि स्थगित गरिएको छ ।

प्रेस युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला शुक्रबार दिउसो खुलाएपछि लेखा समिति संयोजक दिपक पाण्डेलाई खोटाङ अधिवेशनको प्रतिनिधि तोकिए पनि शनिबारको लागि तय गरिएको अधिबेशनमा आईपुग्न असम्भब भएपछि आईतबारको लागि स्थगित गरिएको हो । संयोजक पाण्डे शनिबार दिक्तेल आईपुग्ने हुनुभएको छ ।

सदरमुकाम दिक्तेलमा हुने पाँचौँ जिल्ला अधिवेशन सम्पन्न गर्न सबै तयारी पूरा भएको जिल्ला अध्यक्ष दमन राईले जानकारी दिनुभयो । अधिवेशनले सहमतीको आधारमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । अधिबेशनको लागि महासंघ शाखामा आबद्घ पायः सबै सदस्य सदरमुकाम आईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्