ज्ञानकुञ्जमा अवलोकन सहितको अध्यापन



काभ्र्रे ईङ्गलिसमा आईडल ‘थ्रि’

मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।
नैतिक व्यवहारिक तथा व्यवसायीक शिक्षाका लागी ज्ञानकुञ्ज भन्ने नाराका साथ २०५९ सालमा स्थापना भएको जिल्लाको पहिलो र एक मात्र प्ले गुप्र देखी मास्टर लेभलसम्म पढाई हुने ज्ञानकुञ्ज कलेज तथा मावि विद्यालयको १४ औ वार्षिकोउत्सब तथा अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

विद्यालयले अभिभावकहरुको चाहना अनुसार बालबालिकाहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्न विभिन्न खालका प्रविधिहरुको प्रयोग र बालमैत्री वातावरण उपलब्ध गराएको अध्यक्ष बैद्यले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिव सिंखडाले बालबालिकाहरुको मनोबल बढाउन, बालमैत्री शिक्षा लागु गर्न र घोकन्ते विद्या भन्दा ब्यहारिक शिक्षामा जोड दिनु पर्ने बताए ।

नीजि विद्यालय भन्ने वितिक्कै घोकन्ते विद्या र चर्काे शुल्क लिन्छन भन्ने भ्रम हटाउन पनि विद्यालयहरु अभिभावकमुखी हुनु पर्ने बताए । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । खेलकुद तथा अतिरिक्त कृयाकलाप आयोजना गरेको विद्यालयले सोहि अवसर पारी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा प्रवन्ध निर्देशक प्रताप बैद्यले विद्यालयले दिईरहेको शिक्षा र थप कार्यक्रमका बारेमा जानकारी गराएका थिए । मास्टर तहसम्मको शिक्षामा विद्यालयले समावेश गर्नु पर्ने पाठ्यक्रममा समेत परिवर्तन गर्नु पर्ने भए अभिभावक र विद्यार्थीहरुको सहयोग र सुझाव लिने समेत उनले बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्ग, जेष्ठ अभिभावक १ सय २ वर्षिया चन्द्रकुमारी खड्का, संस्कृतविद् ज्ञानकाजी मानन्धर, शिक्षासेवी दानबहादुर बादे, संचालक आत्मराम थापा, विद्यालयका निमित्त प्रिन्सिपल नवराज चौलागाई, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेश श्रेष्ठ, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैजु श्रेष्ठ, परिवार नियोजन संघका सभापति शुभराज जोशी, ट्रिपर ब्यवसायी सघका प्रकाश कायश्थ, विभिन्न क्षेत्रका ब्यवसायी तथा उद्योगीहरु, शिक्षासेवी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

विद्यालयका सञ्चालक प्रताप बैद्यका अनुसार उक्त विद्यालयमा संख्या भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गरिने वताए । विद्यार्थीहरुलाई विभिन्न ठाउँमा अध्ययन तथा अवलोकन भ्रमणमा ब्यबाहरिक शिक्षा प्रदान गरिरहेको समेत बैद्यले वताए । विद्यालयमा विभिन्न तहमा १ हजार ४ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

उक्त कलेजबाट उर्तिण भएका सयौ विद्यार्थीहरु विभिन्न क्षेत्रमा रोजगारी तथा ब्यवसायमा संलग्न भएका छन् । कार्यक्रममा सस्थापक अध्यक्ष, अभिभावक १ सय २ वर्षिय जेष्ठ अभिभावक चन्द्रकुमारी खड्का, उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै काभ्रे ईङ्गलिस उच्च माध्यमिक विद्यालयको आयोजनामा तेश्रो काभ्रे आईडल सिजन ३ को फाईनल सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच गराईएको उक्त प्रतियोगिताको चरणहरु माघ १० गते देखि शुरु भएको थियो । ३ सय ५० विद्यार्थी सहभागि भई उक्त प्रतियोगिताका विभिन्न चरणबाट फाईनल राउण्डबाट १० जना छनौट गरिएको थियो ।

प्रतियोगितामा निर्णायक गायक तथा संगितकार एम गुरुङ्ग, राकेश राई, विक्रम सुवाल रहेका थिए । नेपाली सिङगिङ्ग आईडल २०७३ का विजेता सुर्वण गुरुङ्ग, गायिक जुना राईले मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष जगन्नाथ अवाको प्रमुख आतिथ्यता रहेको थियो भने संचालक सदस्य शान्तिराज कायश्थ, प्राचार्य बसन्तराज नेपाल, वडा सचिव राजकुमार श्रेष्ठ, सहायक तथा अतिरिक्त कृयाकलाप प्रमुख देविन प्रधानले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रम संचालन प्रतियोगिताका संयोजक मनोज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्