नेप्सेमा दुई प्रतिशतभन्दा बढीको सुधार



काठमाडौं, (नेस)
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २ दशमलव शून्य ५ प्रतिशतले उकालो लागेको छ। यस दिन कारोबारमा आएका उत्पादन र अन्य समूहबाहेकका सबै समूहमा सुधार भएपछि नेप्से २७ दशमलव शून्य ५ अंकले उकालो लागेको हो। यस दिन नेप्से १३४३ दशमलव ८५ विन्दुमा पुगेको छ।

कुल १४५ कम्पनीको ६५ करोड ७१ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको दिन सबैभन्दा बढी बीमा समूह २९० अंकले उक्लिएको छ। त्यस्तै बैंकिङ समूह २६ दशमलव ३७ अंक, होटल समूह २४ दशमलव ६८ अंक, विकास बैंक समूह २४ अंक, जलविद्युत् समूह १४ अंक र फाइनान्स समूह करिब १२ अंकले सुधार भएको छ। साधारणसभा र एफपीओको सूचना सार्वजनिक भएपछि बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा बढी ४ करोड ९ लाख रुपियाँको शेयर किनबेच भएको छ।

त्यसपछि प्रभु बैंकको ३ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ३५ लाख रुपियाँको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्