आँशु झार्ने लोकदोहोरी



गायक–गायिका नेत्र कँडेल र देवी घर्ती मगरद्वारा गाइएको आँशुमात्र झर्यो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। महालक्ष्मी म्युजिक प्रालि निर्मण गरेको माया प्रेममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

यो लोकगीतमा लय खुमन अधिकारी, शब्द संगीत शर्माको रहेको छ। गीतको भिडियोमा सन्देश शर्मा र रञ्जिता गरुङले अभिनय गरेका छन्। पछिल्लो समय मोडलका रूपमा स्थापित सन्दिप शर्माले गीतको भिडियोमा आफूले निकै मेहनत गरेर काम गरेको बताए। ‘मैले यस गीतको भिडियोमा ८ वटा ट्युबलाइट आफ्नो शरीरमा फुटाएको छु। म यो काम रियलमा पनि गर्न चाहन्छु, जस्तोसुकै रोल आए पनि गर्न सक्छु –उनी भन्छन्। डेढ दर्जन जति गीतको म्युजिक भिडियोमा मोडलिङ गरेका सन्देशले २ वर्षको अन्तरालमा २ दर्जन लोकदोहोरी, रोइला तथा रोमान्टिक गीतमा शब्द रचना र संगीत सिर्जना गरेका छन्। उनले एउटा गीतसमेत गाएका छन्।

विक्रम चौहानद्वारा निर्देशित म्युजिक भिडियोमा छायांकन मुकेश हुमागाईं र सम्पादन मिलन विकको रहेको छ।

प्रतिक्रिया दिनुहोस्