खुलेआम उपभोक्ता ठगी स्थानीय प्रशासन मौन



ललित सिंह, बझाङ
व्यापारीले खुलेआम उपभोक्तालाई ठगी गर्दै आएका छन्। दैनिक उपभोग्यका सामान खरिद गर्दा सदरमुकाम चैनपुरदेखि ग्रामीण भेगमा उपभोक्तालाई ठगीदाँसमेत स्थानीय प्रशासन कार्यालय मुकर्दशक भएको छ।

स्थानीय व्यापारले उपभोक्तालाई दैनिक उपभोग्यका सामान दाल, चामल, चिनी, तथा माछामासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले छाप लगाएका फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुंगाका ढक प्रयोग गरी ठगी रहदाँसमेत स्थानीय प्रशासन कारवाही नगरी मौन बसेको छ। ढुंगाका ढक सदरमुकाम चैनपुरदेखि यहाँका मुख्य बजार तमैल, झौता, देउरा, बागथाला, सुनकुडा, दउलेकलगायत ग्रामीण भेगमा प्रयोग गर्ने गरेका छन्।

न त कमाइ खाने जमिन छ, नत रोजगार नै दैनिक ज्यालादारी गरेर सदरमुकाम चैनपुरको एक पसलबाट भए नगद नभए उदारो दाल, चामल, चिनी लिने गरेको छु, साहुले दैनिक ढुंगाको ढकमा तौलेर दिने गरेको करन विकले बताए।

उनले भने– ‘विरोध गरे उदारो नपाइला भन्ने डर शंका लागेर त्यो पसलबाट लिए र अर्को पसलमा तौले दुई केजी चामलमा एक पाउ चामल कम भयो। आफू दैनिक विगत दुई वर्षदेखि ठगिँदै आएको रहेछु,’ गरिब भएकाले साहुसँग बोल्न सकेको छैन। स्थानीय प्रशासनले कहिले ढक तराजुको चेक जाँच गरेको भए हामी ठगीने थिएनौं।’

भएको खेतबारी छोरी र छोराको उपचारमा बिक्री गरेर सकियो अहिले परिवारको हातमुख जोड्न दैनिक भारी बोकेर गुजारा चलाइरहेको भए पनि बजारका व्यापारीले दाल, चाम, तरकारी माछा, मासु किन्दा ढुंगाका ढक राखेर बिक्री गर्दा भारी बोकेर कमाइ गरेको पैसामासमेत ठगिनुपरेको जय पृथ्वी नगरपालिका–४ का ५५ वर्षीया मदन स्नेहीले बताए।

उनले भने– ‘पसलमा व्यापारीले तराजुमा राखिएको ढक फलामको नभइ ढुंगाको ढक किन राखेको फामे ढक खै भन्दा १ ढक हरायो बराबर तौलको ढुंगा हो भनेर जवाफ दिने गर्छ मजस्तै दैनिक सयौं ठगिने गर्छन्।’

व्यापारीले एक त चर्को मूल्य लिने गर्छन्, त्यसैमा तौलमा कम दिने गर्छन गरिब ठगिएका छन्। तुरुन्त तै प्रशासनले अनुगमन गर्नु आवश्यक भएको छ,’– नागरिक अगुवा धर्म सिहंले आरोप लगाए।

उनले भने– ‘जनताको विषयमा बोल्ने कोही छैन, जनताले विरोध गरे कसले सुन्ने? पार्टीका कार्यकर्ता नै गलत काममा लाग्ने गर्छन्, कसैले दूधमा पानी, कोही ढुंगे ढक, कसैले कमिसन, सबै बिग्रियो, गरिब के गरेर खाने।’

सदरमुकाम चैनपुरमा १ केजी मोटो चामलको ४५ रुपियाँ, चिनी एक सय दाल १ सय माछा प्रतिकेजी ३ सय ५० मासु ६ सयमा बिक्री हुने गरेको छ। प्रत्येकले उपभोक्तालाई ५ ग्रामदेखि २५ ग्रामसम्म १ केजीमा ठग्ने गरेका छन्।

सदरमुकाम चैनपुरदेखि ग्रामीण भेगका सबै व्यापारीमा एकरूपता ल्याएन र ग्राहकलाई ठगी नगर्ने उद्योग बाणिज्य संघ बझाङले दररेट कायम गरेको छ। व्यापारीले नाफा कमाउने हो सबैले यस्तो गलत काम नगरेको हुनसक्छ, एक दुईले हुनसक्ने अध्यक्ष जगत मल्लले बताए।
उनले भने– ‘गलत गर्नेलाई समात्ने काम प्रशासनको हो। ढक हेर्ने नाप तौल विभाग धनगढीबाट दश वर्षको एकपटक जिल्लामा आउने गर्छ।’

प्रशासन कार्यालयले बजार अनुगमन गर्नेदेखि खाद्य अधिकारका विषयमा सहायक जिल्ला अधिकारीको संयोजत्वमा एक कमिटी गठन भएको छ। तुरुन्तै अनुगमन गर्ने र ठगी गर्नेलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए। उनले सदरमुकामदेखि ग्रामीण भेग सबैमा टोली पठाइने बताए।

प्रतिक्रिया दिनुहोस्