कुपोषणका कारण नाबालकको मृत्यु



जाजरकोट, ५ फागुन । कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताउनुभयो ।

चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताउनुभयो ।

आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अनेगत कुपोषित भएको खबर सुन्नेबित्तिकै सुआहाराका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्थानीयवासीको पहलमा ती बालकको उद्धारको तयारी भएको केही घन्टामै मृत्यु भएको गिरीले बताउनुभयो ।

कुपोषणका कारण बिरामी भएका नाबालकलाई धामी, झाँक्रीलाई देखाउँदा समयमा उपचार हुन नसकेर मृत्यु भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्