किमको भाईको हत्याकाण्डमा एक महिला पक्राउ



क्वालालम्पुर,(एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंग उनका सौतेनी भाइको हत्याको सिलसिलामा मलेसियामा एकजना आंशकित महिलालाई बुधवार गरिएको छ । स्थानिय प्रहरीले सोमवार किम जोंग नामलाई विष ख्वाएर हत्या गरेको आशंकामा ति महिलालाई राजधानी क्वालालम्पुरको विमानस्थलमा पक्राउ गरिएको जनाएको छ ।

ति महिलाको साथमा यात्रा सम्बन्धी भियतनामी कागजातहरु फेला परेको मलेसियाली प्रहरीले जनाएको छ ।

विमानस्थलको सिसिटिभीको फुटेजको आधारमा डोआन थि हुओंग नामक ति २८ वर्षिया एकल महिलालाई गिरफतार गरिएको हो । तर दक्षिण कोरियाली संचार माध्यमले भने दुई जना उत्तर कोरियाली एजेन्टको रुपमा रहेका महिला सो हत्याकाण्डमा संलग्न रहेको र तिनीहरु घटना लगत्तै एउटा ट्याक्सी चढेर विमानस्थलबाट भागेको जनाएका छन् ।

तर मलेसियाली प्रहरीले भने सो कुराको पुष्टि गरेको छैन । दक्षिण कोरिया रमलेसियको संचार माध्यमले सार्वजनिक गरेको सो महिलाको तस्वीरमा उनले ‘ एलओएल ’ लेखिएको सेतो टिसर्ट लगाएको देखिन्छ ।

तर मलेसियाले पनि औपचारिक रुपमा मर्ने व्यक्ति किम जोंग नाम नै हुन् भनी पुष्टि गर्न बाँकी नै रहेको छ । किनभने उनले कतै भ्रमण गर्दा अकै नाम अर्थात किम चोल प्रयोग गर्ने गरेका छन् । दक्षिण कोरियाले भने उनी नेता किमकै भाइ भएको ठहर गरेको छ ।

दक्षिण कोरियाको गुप्तचर निकायले आफ्ना विधायकहरुलाई किमलाई विष ख्वाइएको जानकारी दिएका छन् । यस अघि मलेसियाली सरकारी समाचार निकाय बर्नामाले यस घटनालाई लिएर बर्माबाट आएकी एक महिलालाई विमानस्थमा हिरासतमा लिइएको जनाएको थियो ।

तर ति महिला अहिले पक्राउ परेको भनिएकी नै हुन् कि हैनन् भन्ने स्पष्ट भएको छैन । यदि यो घटना सही ठहर भएको खण्डमा सन् २०१३ मा किम जोंग उनका फुपाजुको मृत्युदण्ड पछि उत्तर कारियासंग आवद्ध अर्को सबैभन्दा उच्च व्यक्तित्वको मृत्यु मानिनु पर्दछ ।

मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सोमबार दुई महिलाले विष मिसाएको खानेकुरा दिएपछि अस्वस्थ हुन पुगेका सन् १९७० मा जन्मेका किमलाई उपचारका लागि अस्पताल लादालादैं बाटोमा नै उनको मृत्यु भएको विमानस्थलका अधिकारीले बताएको दक्षिण कोरियाका सञ्चारमाध्यमले मंगलवार जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्