यामाहा म्युजिकको शोरुम



काठमाडौं, (नेस)
नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लू म्युजिक प्रालिले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको शोरुम शुरू गरेको छ। नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले यामाहा म्युजिक शोरुमको उद्घाटन गरेको हो।

नयाँ शोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर र डी अडारियोका एसोसिरिजहरू पनि पाइनेछ।
नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्रयुमेन्ट, पियानो र ड्रमदेखि एम्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणसमेत पाइन्छ। शोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरू पनि हुनेछन् जसले संगीत पारखीहरूलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन्। साथै, यामाहा म्युजिक शोरुमले संगीतप्रेमीहरूका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्सको व्यवस्थासमेत गर्नेछ।

बुधबार शोरुम उद्घाटन गरिएको थियो। यामाहा म्युजिकको स्थापना संस्थापक तोराकुसी यामाहालेले सन् १८८७ मा गरेका थिए। अहिले यामाहाले पियानो, विन्ड इन्स्ट्रयुमेन्ट, स्ट्रिङ र पक्र्युसन इन्स्ट्रयुमेन्ट र डिजिटल म्युजिक इन्स्ट्रयुमेन्टको समेत उत्पादन गर्छ। विश्वमै प्रतिष्ठित यामाहा म्युजिकले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्