प्रधानमन्त्री पारा



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको पारा देखेर पनि कहिलेकाहीं दिक्क लाग्छ।
कहिले के भन्नुहुन्छ, के भन्नुहुन्छ? जहाँ गयो त्यहीं चुनाव हुन्छ भन्दै हिँड्नुहुन्छ। तर, चुनावको मितिचाहिँ कहिल्यै घोषणा गर्नेचाहिँ होइन।

कहिले एमाले, कहिले मधेसी मोर्चा त कहिले कांग्रेस, जसलाई भेटे पनि चुनाव हुन्छ भन्नुहुन्छ तर कारण के हो थाहा हुनसकेन किन उहाँले चुनावको मिघि घोषणा गर्न आनाकानी गर्दै हुनुहुन्छ? कुन कुरा या कुन शक्तिले उहाँलाई रोकेको छ धरहरालाई थाहा भएन।

चुनावको नाममा दुनियाँलाई झुक्याउँदै हिँड्ने प्रधानमन्त्रीज्यूको दुई जिब्रे चालाले पनि हैरानमा छन् सबैजना। चुनाव अवश्य हुन्छ, चुनाव नहुनेमा शंका नगर्न भनी दुनियाँलाई धमास दिँदै हिँड्ने तर चुनावको मिति घोषणा गरौं न त भन्दा पछाडि फर्केर अनेकौं बहाना निकाल्ने प्रधानमन्त्रीज्यूको पारा धरहरालाई चाहिँ मन परेन है साथीहरू। तपाईंहरूलाई कस्तो लाग्या छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्