राप्रपा अध्यक्षमा थापा सर्वसम्मत



काठमाडौं, (नेस)
राप्रपाको एकता महाधिवेशनअगाडि नै कमल थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।

बुधबार साँझ भएको शीर्ष नेताहरूको बैठकले थापालाई नै अध्यक्ष बनाउने सहमति जुटाएको थियो। पार्टी स्रोतले जनाएअनुसार सहमति पत्रमा पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका थिए।

यसअघि राप्रपामा अध्यक्ष पदका लागि पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्