बजार सफा गर्न पोलपोलमा टोकरी



नरेन्द्र केसी, दाङ
ङको तुलसीपुर बजार सफा बनाउन सडकका पोलमा फोहर संकलन गर्ने टोकरी राख्न थालिएको छ। तुलसीपुरमा जारी ‘क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाइ अभियान अन्तर्गत डस्टबिन राखिएको हो।

२६ हप्ताअघि शुरू गरिएको यो अभियानअन्तर्गत हरेक मंगलबार बजारको सरफाइ गर्ने गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा यो अभियान चलिरहेको छ।

सरसफाइ अभियान २६औं हप्तामा प्रवेश गरेसँगै विभिन्न घर तथा सडकमा हिँड्ने यात्रुबाट संकलन हुने फोहोरलाई व्यवस्थापन गर्न बजारमा १ हजार बढी डस्टबिन पोलपोलमा टाँगिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाइ अभियानका संयोजक विलम रिजालले जानकारी दिनुभयो। अभियानलाई थप प्रभावकारी बनाउन स्वदेश एवं विदेशमा रहेका सहयोगीले पठाएको सहयोगमा डस्टबिन खरिद गरिएको उहाँले जानकारी दिनुभयो।

यो हप्ताको सरसफाइ अभियानमा हाम्रो पहुँच सेकेन्डरी विद्यालय तुलसीपुरका २ सय विद्यार्थी सहभागी भएका छन। उनीहरूले टोलटोलमा सरसफाइसम्बन्धी सचेतना अभियानसमेत सञ्चालन गरेका थिए। विद्यालयका प्रध्यानाध्यापक डीआर भण्डारीले सरसफाइ सबैका लागि आवश्यक भएको हुँदा यसलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो। दाङमा चलेको यो अभियानको देशव्यापी सन्देश गएको भन्दै विद्यालयले पनि सहयोग गर्नुपर्छ भन्ने मान्यताका आधारमा विद्यार्थी सहभागी गराइएको उहाँले बताउनुभयो।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना एवं यस क्षेत्रका दर्जनौं सामाजिक संघसंस्थाको सहभागितामा यो अभियान चलाइएको छ। अभियानमा उद्योगी व्यापारी व्यवसायी, राजनीतिकदल, पत्रकार, विभिन्न पेसाकर्मी, सुरक्षा निकाय, टोल विकास संस्था एवं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहँदै आएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद् रेग्मीले जानकारी दिनुभयो। २६ हप्तअघि वागमती सरसफाइ अभियानका अगुवा लीलामणि पौड्यालले अभियान उद्घाटन गरेपछि निरन्तर सरसफाइ अभियान सञ्चालन भइरहेको छ।tic

 

प्रतिक्रिया दिनुहोस्