टाटा मोटर्सको दुई नयाँ शोरुम सञ्चालन



नेपाल समाचारपत्र
काठमाडौं
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नक्साल र जावलाखेलमा दुई नयाँ शोरुम ीथापना गरेको छ। नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले सिप्रदीको आफ्नै नयाँ शोरुमहरू खोली ग्राहकलाई सेवा दिन पाउँदा निकैे हर्षित भएको बताउनुभयो। साथै उक्त नयाँ शोरुमले ग्राहकलाई गाडी खरिद गर्दा र खरिदपश्चातको नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराउनुभयो।

सोही अवसरमा टाटा मोटर्सका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले पनि ग्राहकहरूको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरू थप्दैे लगेको कुरा व्यक्त गर्नुभयो।
उहाँले ग्राहकलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरूको भूमिका महत्वपूर्ण हुने र ग्राहकहरू लाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफुहरू विश्वस्त भएको कुरा समेत जानकारी गराउनुभयो।कम्पनीको थप दुई सहित अब १६ प्यासेन्जर गाडी शोरुम तथा २४ सर्भिस केन्द्रहरू रहेका छन्

प्रतिक्रिया दिनुहोस्