म्यान्चेस्टर दोस्रोमा उक्लियो



लन्डन, (एजेन्सी)
बर्नमाउथलाई पराजित गर्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले हराएको हो। खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले खेलको २९औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफसम्म एक गोल पछाडि परेको बर्नमाउथले खेलमा फर्कने प्रयासलाई जारी राखे पनि आत्मघाती गोलको सिकार बने। खेलको ६९औं मिनेटमा बर्नमाउथका टाइरोन किंग्सले आफ्नै गोलपोस्टमा बल छिराएपछि घरेलु टोली २–० को हार स्वीकार्न बाध्य बन्यो।

जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। २६ खेलबाट सिटीको ५२ अंक भएको छ। ६० अंक जोडेको चेल्सी भने शीर्ष स्थानमा नै अडिग छन्। यस्तै समान ५० अंक भएको टोटनह्याम हट्सपर र आर्सेनल गोल भिन्नताको आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्