ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा



बासिङ्टन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति पदबाट राजीनामा दिएका छन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुअघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन्।

ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेकामध्ये पदत्याग गर्ने उनी सबैभन्दा उच्च तहको व्यक्ति हुन्। ट्रम्पको चुनावी अभियानका क्रममा प्रमुख सल्लाहकारको भूमिकामा रहेका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ।

डेमोक्रेटिक पार्टीकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गरेकी थिइन्।

फ्लिनले आपूmबारे बाहिर आएका खबरहरूका लागि उपराष्ट्रपतिसमक्ष माफी मागेका छन्। उनले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्