विषादिको प्रयोगले हिमाली गिद्दको मृत्यु



दीपेन्द्र शर्मा, जाजरकोट
सिनोमा हालेको विषादिले गर्दा जाजरकोटमा प्रकृतिका कुचीकार हिमाली गिद्दको मृत्यु भएको छ। मध्यपहाडी राजमार्गअन्तरगत जाजरकोट खण्डको भेरीमालीका नगरपालिका १३ कुदुमा मरेका सिनोमा विषादि छर्दा सिनो खाने गिद्दहरू मरेका छन। विषादिले मरेको स्याललाई खाँदा ५ वटा हिमाली गिद्द एकै ठाँउमा मरेका हुन्।

जनचेतनाको कमीका कारण जाजरकोटमा स्थानीयहरूद्वारा सिनोमा विषादि हाल्ने काम नरोकिँदा प्रकृतिका कुचिकार हिमाली गिद्दको मृत्यु भएको हो। सबैले देखिने गरी राजमार्गमा ५ वटा मरेको भेटिए पनि जंगलतिर भने अरु धेरै हुन सक्ने जिल्ला पशु सेवा कार्यालय जाजरकोटका प्राविधिक सहायक गोविन्द बहादुर सिंहले बताए। उनका अनुसार गत वर्ष पनि मरेको सिनोमा विषादि प्रयोग गर्दा १० वटा हिमाली गिद्दको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्