विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी



हनोइ, ३ माघ । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् ।

स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।

एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये छ जनाको मृत्यु हुनुका साथै १० जना सिकिस्त बिरामी भएको प्रारम्भिक विवरणमा जनाइएको छ ।
प्रान्तीय अस्पतालका निमित्त प्रमुख हा त्रुङ दुङले उनीहरुलाई सोमबार राति अवेर अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा भर्ना भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो ।

घटनाका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्