अबरुद्ध केआईसिंह राजमार्ग खुल्यो



SONY DSC

विमल विष्ट, डोटी ।
ट्रक दुर्घटनाका कारण अबरुद्ध भएको स्याउले दिपायल जोड्न डाक्टर केआईसिंह राजमार्ग खुलेको छ ।

कैलाली बाट डोटीको निर्माणाधिन सभाहलको सामाग्री लिएर आएको ना ३ ख ९२८ नम्बरको ट्रकको डाक्टर केआईसिंह राजमार्ग अन्तरगत पर्ने दिपायलको कालागाढ नजिक सिसम घारीमा पछाडीका चार वटै चक्का निस्किएपछि दुर्घटना भएको हो ।
बिहान भएको दुर्घटनाका कारण यहाँको राजमार्ग करिब २ घण्टा अबरुद्ध भएको थियो । अबरुद्ध भएको राजमार्ग नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानियबासीको सहयोगमा सुचारु गरिएको हो ।

दुर्घटनाका कारण कुनै मानवीय क्षती भने भएको छैन् । ट्रकमा क्षमता भन्दा बढी सामाग्री भएका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ । ट्रकको जिडल टंकि फुटेका कारण पुरै सडक भरी तेल पोखिएको छ ।

प्रतिक्रिया दिनुहोस्