माहिका, प्रेरणा दोस्रो चरणमा



काठमाडौं, (नेस)
नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ सोमबार सुरु भएको छ।

उद्घाटन दिन महिला एकलमा नेपालकी माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरण पार गरे भने पुरुष एकलमा नेपालका संरक्षक वज्राचार्य दोस्रो चरणमा पुग्न सफल भए। पहिलो चरणमा माहिकाले भारतकी मिसा सुदलाई सोझो सेटमा ६–३, ६–४ र प्रेरणाले भारतकी जाई जीवनलाई ६–१, ६–२ ले विदा गरे। तर भारतकी अनिका कनानले नेपालकी मायांका राणालाई ६–३, ६–१ ले हराइन्। त्यस्तै नेपालकी विभुति कार्की भने शीर्ष वरीयताप्राप्त खेलाडी वैदेही चौधरीसँग नराम्ररी ६–०, ६–१ ले हारिन्। यसैगरी, विजिशा श्रेष्ठ पनि भारतकी माल्भिका सुक्लासँग ६–२, ६–३ ले पराजित भइन्।

पुरुष एकलमा संरक्षकले भारतका प्रत्युष मोहन्तीलाई ७–५, ६–२ ले निराश बनाए। अन्य खेलमा भारतका जैसभिन सिदानाले नेपालका प्रणव खानललार्य ४–६, ६–३, ६–१, शीर्ष वरीयताप्राप्त मृत्युञ्जय बडोलाले नेपाकला साम्राज्ञ कटुवाललाई ६–०, ६–०, दोस्रो वरीयताप्राप्त भारतका कबीर मनराईले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० र अथर्व शर्माले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले पाखा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्