बुझिनसक्नु



अहिले बजार नेपाल प्रहरीको आईजीपी प्रसंगले तातेको छ त्यही भएर धरहरा पनि केही दिन यता यही प्रसंगमा केन्द्रित हुँदै आएको छ । सरकार आईजीपी नियुक्त गर्ने अदालत रोक लगाउने अनि निमित्त आईजीपी कसलाई दिने भनेर समेत टुंगो लगाउन नसक्ने सरकारले बनाएको आईजीपीले काम गर्लान कि नगर्लान भनेर बजारमा चलेको चर्चालाई धरहराले गम्भिर भएर सुनेको छ है ।

दलका कार्यकर्तालाई आईजीपी बनाउने भए किन प्रहरीमा भर्ना लिनु यो कार्यकर्ता इन्स्पेक्टर, यो डिएसपी, यो एसपी, यो एसएसपी, यो डिआईजी, यो एआईजी र यो आईजीपी भनेर फुली लगाइदिए भै गो नि भनेर दुई युवाले गरेको कुरा भने धरहरालाई मन पर्यो ।

अर्कातर्फ जाने बेलाका आइजीपीले पनि आफूपछि कस्तो मान्छेलाई आइजीपी बनाउने भनेर बेलैमा ‘ग्रुमीङ्ग’ गर्नुपर्ने होइन भनेको ? त्यसो गरेको भए त अहिलेको विवाद नै हुने थिएन । के गरेर बसेछन् ती महाशयले पनि ? गुच्चा खेल्दैमा कार्यकाल बितेछ कि क्या हो ? कुरा बुझेर बुझिनसक्नु छ हैन त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्