हिज्वोल्लाह नेताद्वारा ट्रम्पलाई ‘मुर्ख’ को संज्ञा



वेरुत,(एजेन्सी)
लेवनानको लडाकु समुह हिज्वोल्लाह समुहका नेता हस्सन नसराल्लाहले ट्रम्पलाई इँगित गर्दै अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा ‘ मुर्ख ’ आएकाले विश्वले फाइदा लिने आइतवार बताएका छन् ।

भाषण दिने क्रममा हस्सनले असीको दशकको शुरुमा गठन हुँदाको समयको तुलनामा आफ्नो समुह निकै शक्तिशाली रहेको र पश्चिम जगतको धम्कीबाट डराउनु पर्ने कुनै आवश्यकता नरहेको बताएका छन् । ट्रम्पले हिज्वोल्लाह र मध्युपुर्वका अन्य लडाकु समुहहरुलाई विशेष सहयोग गर्दै आएको इरान विरुद्ध कडा कदम उठाउने प्रतिवद्धता जाहेर गरेका थिए । नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउँदा मेक्सिकोले नै लगानी गर्नुपर्र्नेे अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले सोमवार प्रदर्शन गरेका छन् ।

मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । राजधानी मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएका बताइएको छ । प्रदर्शनको क्रममा मेक्सिको झन्डा बोकेका प्रायः व्यक्तिले सेतो लुगा लगाएका थिए ।
प्रदर्शनमा सहभागी व्यक्तिले अङ्ग्रेजी र स्पेनी भाषामा नारा लेखिएको झन्डा बोकेका थिए । मेक्सिकाली जनताले निकालेको यो जुलुस शान्तिपूर्ण रहेको थियो । एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘तिम्रो साहासलाई विश्वका धेरै व्यक्तिले घृणा गर्छ ’ भनेर लेखिएको थियो । सो प्रदर्शनको क्रममा अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्न समेत माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्