को प्रमुख हुने भन्ने विषयमा विवाद हुँदा पोलियो थोपा खुवाउने कार्यक्रम अन्यौलमा



शिवहरीप्रसाद भट्टराई, राजविराज ।

दुई महिनादेखि कार्यालय प्रमुखका लागि हेल्थ अस्टिेन्ट र सिनियर अहेबबीच विवाद लम्बिएका कारण १५ जिल्लामा एक हप्तापछि संचालन हुने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम अन्यौलमा परेको छ ।

फागुन ७ र ८ गते उपत्यकाका तीन सहित सुनसरी, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली गरी १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम तय भएको थियो ।

सप्तरीमा मात्र जन्मदेखि ५ बर्षसम्मका १ लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेकोमा स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निर्णयबाट विभिन्न प्राविधिक कारण दर्शाउँदै अर्को आदेश नभएसम्मका लागि कार्यक्रम स्थगीत गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकारी छेदीप्रसाद यादवले जानकारी दिएका छन् ।

हेल्थ असिस्टेन्ट र सिनियर अ.हे.ब. दुबैले आफू कार्यालयको इन्चार्ज हुनुपर्ने दावी लम्बिदै गएपछि कार्यालय संचालनमा अप्ठ्यारो भईरहेको थियो । सूचना अधिकारी यादवले यहि कारणले परिवार नियोजन क्याम्प बाहेक तालिम, गोष्ठी, रिपोर्टिङ्ग लगायतका काम समेत रोकिन पुगेको बताएका छन् । हाललाई कार्यक्रम स्थगीत गरिएपनि योजना तर्जुमा गोष्ठी भने गरिने उनले बताए ।

उता बालबालिकाका अभिभावकहरुले भने इन्चार्ज बन्ने होडबाजीमा पोलियो थोपा खुवाउने कार्यक्रमलाई स्थगीत गरिनु बालबालिकाको स्वास्थ्य माथीको खेलवाड भनि आलोचना गरेका छन् । उनीहरुले बातावरण सहज बनाई समयमै पोलियो थोपा खुवाउने कार्यलाई प्राथमिकता दिन समेत माग गरेका छन् ।

राजविराज–५ की मालती चौधरी भन्छिन – “कुनै पनि विवादमा पोलियो थोपा खुवाउने जस्तो कार्यक्रमलाई अन्यौलमा राख्नु दुर्भाग्य नै हो, यस्तो सम्वेदनशील विषयप्रति सरकारको ध्यानाकर्षण जरुरी छ ।” यस्तै पोलियो स्वयंसेविका आरती चौधरीले बालबालिकालाई समयमै पोलियो थोपा खुवाई बालअधिकारको सम्मानगर्नुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्