नेपाल पुलिस च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ।
आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै यति तेक्वान्दो डोजाङ २ स्वर्णका साथ दोस्रो भयो। एक स्वर्ण,तीन रजत र दुई कास्य जितेको भुटानले तेस्रो स्थानमा चित्त बुझायो। क्याडेटतर्फ पनि नेपालकै आयोजक युनाईटेड तेक्वान्दो डोजाङले ५ स्वर्ण र दुई कास्य हात पार्दै च्याम्पियन भयो। भारतले ३ स्वर्ण र ५ रजतका साथ दोस्रो तथा नेपालको सितापाइला तेक्वान्दो डोजाङ तीन स्वर्ण र २ रजत जित्दै तेस्रो हुन सफल भयो। त्यस्तै जुनियरतर्फ भने ४ स्वर्ण,१ रजत र ३ कास्य पदक जितेको भारत च्याम्पियन भयो। नेपालको सितापाइला डोजाङले ३ स्वर्ण,२ रजत र ३ कास्य जित्दै दोस्रो तथा २ स्वर्ण ,२ रजत र ६ कास्य जितेको कोटेश्वर तेक्वान्दो डोजाङ तेस्रो हुन सफल भयो।

प्रतियोगिताका पुरुषमा नेपालको कोटेश्वर तेक्वान्दो डोजाङका उज्वल गुरागाँई र महिलामा इन्डोनेसिका डिना मरिसिया उत्कृष्ट खेलाडी चुनिएको आयोजकका सदस्य कुमार लामा घिसिङ बताए। उज्वलले ७४ केजीतौल र डिनाले ४६ केजीतौलमा स्वर्ण पदक हात पारेका थिए। अन्तिम दिन पुरुष सिनियर फाइटतर्फ ६३ केजीमा नेपालका विनोद बस्नेतले स्वर्ण, नेपालकै टिका राम रानामगरले रजत, स्युचाटारका छिरिङ र काठमाडौँका मनमोहन भटृराईले कास्य, ७४ केजीमा कोटेश्वरका उज्वल गुरागाइले स्वर्ण, न्युरक्षाका राजकुमार माझीले रजत, नेपालका केस थापा र भारतका सुमित पटेलले कास्य तथा ८० केजीमा बंगलादेशका मोहम्मद खानले स्वर्ण, नेपालका धर्मराजले रजत,नेपाल पुलिसका दिनेश हमाल र कोटेश्वरका भुपेन श्रेष्ठले कास्य पदक हात पारे। पुरुषकै ८७ केजीमा नेपालका उद्धव थापाले स्वर्ण, न्युरक्षाका श्याम कुमार माझीले, धनगढिका लोक बुढा र भारतका मोहीत राजपुतले कास्य पदक हात पारेको प्रतियोगिताका सदस्य कविराज नेगी लामाले बताए।

प्रतियोगितामा नेपालको सितापाइला डोजाङका प्रशिक्षक प्रनिश गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएको प्रतियोगिता संयोजक नोर्बु लामाले बताए। प्रतियोगिताका विजेता खेलाडीलाई जेशिस स्कुलका प्रिन्सिपल सरोज महर्जन, संयोजक नोर्बु लामा, केन्द्रिय सदस्य बद्धि घिमिरे र पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर लगायतले पुरस्कृत गरे। प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका प्रतिस्पर्धा गरेका थिए। पुम्सेतर्फ ३८ स्वर्ण र फाइट (क्योरुगी) तर्फ कुल ४० स्वर्णका पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्