चेल्सी रोकियो



लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिग लिडर चेल्सी बराबरीमा रोकिएको छ।

बर्नलेको घरेलु मैदान टर्फ मुरमा भएको उक्त खेलमा चेल्सी बर्नलेसँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलको सातौं मिनेटमा पेड्रोको गोलमार्फत चेल्सीले सुरुवाती अग्रता लिएको थियो। तर खेलको २४औं मिनेटमा ब्राडले गोल गरेपछि पहिलो हाफसम्म दुवै टोली १–१ गोलको स्थितिमा रह्यो। खेलको दोस्रो हाफमा पनि दुवै टोलीले गोलका लागि केही उत्कृष्ट मौकाहरु प्राप्त गरेपनि गोल गर्न नसकेपछि बराबरीमा चित्त बुझाउन बाध्य बने।

बराबरीपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले दोस्रोमा रहेको टोटेनह्याम हट्सपोरलाई १० अंकले पछि पारेको छ। २५ खेलबाट चेल्सीले ६० अंक जोड्दा समान म्याच खेलेको टोटेनह्यामको ५० अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्