शुरू भयो चुनावी चहलपहल



ईश्वरराज ढकाल
प्याब्सनको १३औं महाधिवेशन आउन एक साता बाँकी रहँदा राजधानीमा चुनावी चहलपहल गरमागरम भएको छ। यही ९ र १० गते काठमाडौंमा आयोजना हुने १३औं महाअधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रनेहरू आफ्नो प्रचार शुरु गरिसकेका छन्। अधिकांश उम्मेदवारले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। कतिपयले त आफ्ना साथीमार्फत् आफूहरू उम्मेदवार भएको घोषणा गरेका छन्। सार्वजनिकरूपमा उम्मेदवार घोषण गर्न बाँकी रहेका बेला सबै उम्मेदवारले प्रचार अभियानलाई तीव्रता दिएका छन्। राजधानीको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा अध्यक्षका उम्मेदवारद्वय विजय सम्बाहाम्फे र टीकाराम पुरी चुनावी प्रतिस्पर्धामा होमिएका छन्। दुवै उम्मेदवारले आफ्नो विजय सुनिश्चित भएको दाबी गर्न थालेका छन्। अध्यक्षका प्रत्यासी सम्बाहाम्फेले आफू वरिष्ठ उपाध्यक्षको हैसियतले अध्यक्षको दाबी गर्नु स्वभाविक भएको बताए। ‘मैले अहिलेसम्म कुनै घोषणा गरेको छैन, वर्तमान अध्यक्षले आफू नउठ्ने जानकारी गराएपछि आफ्नो स्वतः पालो आएको महसुस गरेको छु –भन्नुभयो।

मैले अहिलसम्म सार्वजनिकरूपमा घोषणा गरेको छैन, आवश्यक परेको खण्डमा र प्याब्सनिस्टले चाहेमा आफू अध्यक्ष हुन तयार रहेको उहाँको दाबी थियो। उहाँले तत्काल हतारोमा उम्मेदवारी घोषणा नगर्नेसमेत स्पष्ट पार्नुभयो। मलाई साथीहरूले रुचाए भने आफू अध्यक्ष हुने दाबी गर्दै वरिष्ठ उपाध्यक्षको हैसियतले आफूले अध्यक्ष हुने प्रक्रिया स्वभाविक भएको जानकारी गराउनुभयो। अर्का प्रत्यासी टीकाराम पुरीले आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो। निजी विद्यालयमैत्री शिक्षा नीति पहलका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभयो। संस्थागत विद्यालय निर्देशिका, शुल्कमा देखिएको विभेदीकरण, निजी विद्यालयका विद्यार्थीलाई सरकारले गरेको विभेदीकरणको अन्त्य र संगठनलाई मजबुत बनाउनका लागि आफूले उम्मेदवारी दिएको पुरीको भनाइ थियो। ६७ सदस्यीय कार्यसमितिका लागि झन्डै अढाइ सयभन्दा बढीले उम्मेदवारी दिने सम्भावना रहेको छ।

एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक महिला र ३ जना खुलासहित ४ सचिव, दुई सहकोषाध्यक्ष र अन्य सदस्यका लागि हुने निर्वाचनमा हालका अधिकांश पदाधिकारी चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन्। वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म डीके ढुंगानाको नाम मात्र सर्वजनिक भएको छ। उपाध्यक्षका लागि ईश्वरबहादुर गुरुङ, दीपिका थापा, कृष्ण अधिकारी, हीरा चन्द, आशिष श्रेष्ठ, किशोर गौतम, निर्मल उपाध्याय, विमल थापा, नवराज महत, गोपेन्द्रकेशरी न्यौपाने, सुमन गोपाल आचार्य, वीरबहादुर बुढाथोकी, गोविन्द लम्साललगायतले प्रतिस्पर्धा गर्ने भएका छन्। महासचिवमा राजेन्द्र बानियाँ र गोपाल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्।

उप–महासचिवमा कुमार घिमिरे, भुवनलाल श्रेष्ठ आरबी कट्वालले उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने, टंक भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयको इतिहास बोकेको प्याब्सनमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न सकिएको छैन। प्याब्सनका पूर्वअध्यक्ष एवं सल्लाहकार उमेश श्रेष्ठ, राजेश खड्का, डा. बाबुराम पोखरेल र भोजबहादुर शाहले कुन–कुन उम्मेदवारलाई समर्थन गर्छन्, त्यहीअनुसारको चुनावी परिणाम हात पर्न सक्छ। अहिलेसम्म सार्वजनिकरूपमै कसले कुन उम्मेदवारलाई समर्थन गर्नेछन् भन्ने विषय खुल्न सकेको छैन। करिब २ हजार प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने महाधिवेशको व्यापक तयारी भइरहेको महासचिव डीके ढुंगानाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेसम्म सबै जिल्ला र प्रदेशको अधिवेशन सकिइसकेको छ। अब महाधिवेशनको तयारीमा लागेका छौं।

महासचिवका उम्मेदवार

राजेन्द्र बानियाँ
गोपाल आचार्य

वरिष्ठ उपाध्यक्षका उम्मेदवार

डीके ढुगाना

 

 

 

 
अध्यक्षका उम्मेदवार

विजय सम्बाहाम्फे
टीकाराम पुरी

 

 

 

 

 

हालसम्मका निर्वाचित 

प्रदेश अध्यक्षहरू
प्रदेश नम्बर १ नारायण घिमिरे
प्रदेश नम्बर २ मुरारीप्रसाद साह
प्रदेश नम्बर ३ रामहरि रिमाल
प्रदेश नम्बर ४ माधवशरण उपाध्याय
प्रदेश नम्बर ५ कृष्ण खनाल
प्रदेश नम्बर ६ नैनसिंह खत्री
प्रदेश नम्बर ७ दीपक चन्द
उपत्यका थकिनकुमार गुरुङ
निर्वाचित जिल्ला अध्यक्षहरू
शुभास थापा, दैलेख
कोषराज प्याकुरेल, झापा
दिनेश श्रेष्ठ, कास्की
ओम प्रधान, सिन्धुली
धर्मेन्द्र कर्ण, महोत्तरी
गोपाल परियार, सर्लाही
प्रवेशप्रताप एत्वाल, दार्चुला
टीएन पौडेल, बर्दिया
विकास कर्माचार्य, इलाम
सुमित थापा, सुनसरी
हरिशंकर शाह, पर्सा
इन्द्रकुमार गुरुङ, ताप्लेजुङ
प्रेमबहादुर खड्का, तेह्रथुम
पदमप्रसाद खनाल, संखुवासभा
देशबन्धु अधिकारी, चितवन
रामप्रसाद पाण्डे, नवलपरासी
जनक कार्की, उदयपुर
हर्कबहादुर कार्की, स्याङ्जा
कैलाश चन्द, बैतडी
वासुदेव न्यौपाने, मोरङ
ऋषि नेपाल, सिन्धुपाल्चोक
सूर्यबहादुर श्रेष्ठ, ओखलढुंगा
ज्ञानबहादुर गुरुङ, धनकुटा
सीताराम तिवारी, गोर्खा
शंकरप्रसाद शाह, रौतहट
वेदप्रकास ढकाल, सुर्खेत
रामप्रसाद शर्मा, बागलुङ
यादव गिरी, दाङ
नरेन्द्र कुँवर, अछाम
वसन्तराज पाण्डे, कञ्चनपुर
मदन दाहाल, मकवानपुर
पञ्चदेव यादव, सप्तरी
डिल्लीराज रेग्मी, कैलाली
पूर्णबहादुर बस्नेत, सल्यान
खड्ग कँवर, रुकुम
दीपक खड्का, रामेछाप
श्यामसुन्दर शाहा, सिराहा
चन्द्र भट्टराई, पाँचथर
हरिकृष्ण श्रेष्ठ, काठमाडौं
नौलसिंह पुन, रोल्पा
राजमोहम्मद, बारा
कृष्ण थापा, जुम्ला
प्रकाश प्रधान, दोलखा
हेमन्तराज जोशी, बझाङ
बुद्धि रिजाल, नुवाकोट
गोविन्द बुढाथोकी, धादिङ
नरेन्द्र भुसाल, कपिलवस्तु
प्रसुन गुरुङ, रसुवा
झलक बुढा, जाजरकोट
डा. राजेशकेशर खनाल, बाँके
लेखनाथ पौडेल, रूपन्देही
श्रीकृष्ण केसी, भक्तपुर
भरत न्यौपाने, पाल्पा
लालकेशर पाण्डे, बाजुरा
सत्यनारायण श्रेष्ठ, काभ्रे
शिव कार्की, ललितपुर
जगन्नाथ पोखरेल, प्यूठान
कुमार थापा, तनहुँ
वसन्त कर्माचार्य, पर्वत
रमेशकुमार आले, भोजपुर
गणेश क्षत्री, अर्घाखाँची
भगत खड्का, गुल्मी
तारानाथ घिमिरे, लमजुङ
विश्वलाल सिंह, धनुषा
कृष्णप्रसाद सुवेदी, म्याग्दी
हरिप्रसाद डाँगी, डोल्पा
भूपेन्द्र बम, डोटी
जितबहादुर मल्ल, मुगु
गुणाखर चटौत, डडेल्धुरा

प्रतिक्रिया दिनुहोस्