कसैलाई निमित्त दिइएको छैनः अर्याल



काठमाडौं, (नेस)
आज सोमबार रातिबाट अनिवार्य अवकास पाउन लाग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिएको बताउनुभएको छ।

सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका रूपमा नियुक्त गरेको भए पनि आइतबार नै सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई अगाडि नबढाउन आदेश दिएपछि निमित्त कसलाई बनाउने भन्नेबारेमा अन्योलता छाएको छ।
आइतबार साँझ नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महानिरीक्षक अर्यालले अहिले बजारमा चलेका हल्ला सबै निराधार हुन्। म नै सोमबारसम्म आईजीपी हुँ कसलाई निमित्त दिने भन्नेबारेमा अहिलेसम्म निर्णय भएको छैन भन्नुभयो।
उहाँले भन्नुभयो– ‘आज सोमबार कसलाई निमित्त दिने भन्नेबारेमा निर्णय हुन्छ। अहिलेसम्म कसलाई निमित्त दिने भन्नेबारेमा कुनै निर्णय भएको छैन।’

प्रतिक्रिया दिनुहोस्