कानुनी उपचार खोज्दै डिआइजी सिलवाल सर्वोच्चमा



काठमाडौं, १ फागुन– कानुनी उपचार खोज्दै डिआइजी नवराज सिलवाल सर्बोच्च अदालत पुग्नु भएको छ । उहाँले तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा रिट हाल्नु भएको छ ।

सिलवल प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा हुनुहुन्छ । उहाँले प्रहरी नियमावली २०७३ को नियम ४१ बमोजिम प्रहरी प्रमुख वनाइनुपर्ने माग दाबी लिएका छन् ।
उक्त नियममा बरिष्ठता, कार्यक्षमता, कार्यकुशलता, नेतृत्व क्षमतका आधारमा नेपाल प्रहरीको प्रमुख नियुक्त हुने उल्लेख छ ।

सिलवालले उक्त नियमावलीलमा उल्लेखित मापदण्डमा आफू अगाडी रहेको दाबी गर्नुभयो । रिटमा उहाँले मन्त्रिपरिषद्ले प्रहरी प्रमुख वनाउने भनि निर्णय गरेका जयबहादुर चन्द आफू भन्दा सवै कुराले पछि रहेको जिकिर गर्नुभयो ।

साथै सिलवालले यस अघि सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको उल्लंघन नुहने गरि प्रहरी प्रमुख छनौट हुनुपर्ने माग दाबी गर्नुभएको छ । सर्वोच्च नेपाल प्रहरीका दिनकर शमशेरको मुद्दामा सुनुवाई गर्दै यस अघि बढुवा गर्दा वरिष्ठता मिच्न नपाइने सिद्धान्त प्रतिपादन गरेको थियो ।

सिलवालकोे रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्