खुकुरी हानेर फरार रहेका दुई जना पक्राउ



रसुवा, १ फागुन । रसुवाको सदरमुकाम धुन्चेमा थुमन–९ दाहालफेदीका २५ वर्षका बुद्धिबहादुर तामाङ माथी अन्धाधुन्द खुकुरी प्रहार गरेर फरार भएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धुन्चे–५ का २३ वर्षका प्रमेश घले र धुन्चे–५ कै २० वर्षका सागर तामाङ रहेका छन् ।
शुक्रबार बिहान साढे ११ बजेतिर चारजनाको समूहमा आएकाले अन्धाधुन्ध खुकुरी प्रहार तामाङ गम्भिर घाइते हुनुभएको थियो । तामाङको अहिले काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँका अनुसार खुकुरी हानेर फरार रहका उनिहरुलाई गएरातीे पक्राउ गरिएको हो । घटना वारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्