कोटवाडा विमानस्थलमा परीक्षण उडान सफल



तीन दशकपछि कालिकोटबासीको जहाज चढ्ने धोको पूरा

कालीबहादुर मल्ल, कालिकोट

तीन दशक अगाडि निर्माण थालिएको कोटवाडा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ। विमानस्थलको निर्माण कार्य पूरा भएपछि परीक्षण उडान गरिएको हो। तीन दशकभन्दा धेरै समयदेखि निकै सुस्त गतिमा विमानस्थल निर्माणको काम हुँदै आएका कारण विमानस्थल बन्न सकेको थिएन।

केपी शर्मा ओली सरकारका नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बलबहादुर महतको पालादेखि तीव्र गति लिएको कोटवाडा विमानस्थल निर्माण कार्यले जीवनबहादुर शाही नागरिक उडड्यन तथा पर्यटनमन्त्री बनेपछि उनैको सक्रियतामा निर्माणले थप तीव्रता पाएको थियो। कर्णालीका अन्य चार जिल्ला विमानस्थल निर्माण कार्यसँगै थालिएको कालिकोटको कोटवाडा विमानस्थल हुम्ला, जुम्ला, मुगु र डोल्पा धेरै वर्ष अघिदेखि नै नियमित उडान गर्दै आएका थिए।

विसं ०४२ सालमा निर्माण थालिएको विमानस्थलमा पहिलोपटक परीक्षण उडान भएपछि कालिकोटबासी खुसी भएको कोटवाडाका पूर्वगाविस अध्यक्ष धनबहादुर विष्टले बताए। ‘विमानस्थलको सुस्त गतिमा निर्माण कार्य भएकाले ढिला बनेको छ’, उनले भने– ‘उडान नियमित हुनु जरुरी छ।

यो नै कालिकोटबासीका लागि खुसीको कुरा हो।’ लामो समयपछि विमानस्थलमा परीक्षण उडान हु“दा गाउ“बाट आएका हजारौं मानिसले पाइलटहरूलाई भव्य स्वागतसमेत गरेको स्थानीय विमला काठायतले बताइन्। ‘परीक्षण उडान हेर्न हजारौं मानिस विमानस्थलमा आएका छन्’, उनले भनिन्– ‘जहाज लिएर आएका पाइलटको टोलीलाई पनि भव्य स्वागत स्वागत गरिएको छ।’

कोटवाडा विमानस्थलमा जीवनबहादुर शाही नागरिक उड्डयन तथा पर्यटनमन्त्री बनेपछि ६ महिनामा तीनपटक छड्के जा“च गरेका थिए। उनैको प्रयासले परीक्षण उडान भर्न सकिएको बताउ“दै नियमित उडानका लागि प्रयास जारी रहेको मन्त्री शाहीका सचिवालय सदस्य दमनबहादुर शाहीले बताए। ‘मन्त्रीज्यूको लामो प्रयासपछि परीक्षण उडान गरिएको हो’, उनले भने– ‘मन्त्रालयले नियमित उडानका लागि तयारी गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्