संकटाले उचाल्यो सिमरा गोल्डकप



गोकुल घोरसाइने, बारा ।
त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सीएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ।

सिमरा रंगशालामा शनिबार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो। जितस“गै संकटाले ५ लाख ५१ हजार रुपिया“ र आर्मीले २ लाख ५१ हजार रुपिया“मा चित्त बुझाएको छ।
रोमाञ्चक फाइनल भिडन्तको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि नतिजा टाइब्रेकरमा भएको हो।

टाइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदीप कार्कीले गोल गरेका थिए। आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बलले जाली चुमाउन सके। संकटाका विश्व अधिकारीको प्रहार गोलरक्षक सुनिल श्रीवास्तवले रोक्दा आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार रोक्न संकटाका गोलरक्षक विनय श्रेष्ठ पनि सफल भए।

यसअघि संकटा आर्मीको अग्रता तोड्दै खेलमा फर्किएको थियो। खेलको ४७औं मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। डिबक्सभित्रबाट विनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाइनभित्र छिरेको थियो। पहिलो हाफमा १–० ले पछि परेको संकटा अमित तामाङको गोलमा खेलको ५६औं मिनेटमा खेलमा फर्किएको थियो। आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिकको सदुपयोग गर्दै अमितले उत्कृष्ट गोल गरे। अमितको गोलस“गै खेलमा फर्किएको संकटा आर्मीमाथि मध्यान्तरपछि थप हाबी देखियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका उनले एक थान यामाहा मोटरसाइकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका विमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे।

श्रेष्ठले प्रतियोगितामा गरेको २ गोलमा नै हाइस्कोररको उपाधि पाएका थिए। विधागतरूपमा उत्कृष्ट घोषित सबै खेलाडीले जनही १५ हजार नगद रुपिया“ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा फेयर प्लेको पुरस्कार विभागीय टोली एपीएफ क्लबले हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्