सेतो कपडाभित्रको पीडा: नेपाली नर्सहरूलाई जागिर निल्नु न ओकल्नु भएको छ।



  • तलब मासिक ४ हजारदेखि ८ हजार रुपियाँसम्म।
  • कुरा उठायो भने त्यही जागिर पनि जाने डर।

    प्रशान्त वली, काठमाडौं
    सीता शर्मा (नाम परिवर्तन) राप्ति उपक्षेत्रयी अस्पताल घोराहीमा कार्यरत छिन्। उनले त्यस अस्पतालमा काम गर्न थालेको दुई वर्षभन्दा बढी भयो। उनी बेलुकी ४ बजे अस्पताल पुग्छिन्। अस्पतालका शøयामा बिरामीहरूको सेवामा तल्लीन हुन्छिन्। राति १० बजे ड्युटी सकिन्छ। घर फर्किंदा निकै राति हुन्छ। न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म नै पु¥याइदिन्छ।

    यो समस्या सीताको मात्रै होइन। देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरूको हो। नेपाल नर्सिङ एसोसिएसनको तथ्याङ्कअनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन्। जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा कार्यरत छन् भने २२ हजार निजी अस्पतालमा कार्यरत छन्। अन्य केही एन्जिओमा कार्यरत छन् भने थुप्रै विदेश पनि गएका छन्।

    मान्यताप्राप्त शिक्षण संस्थावाट तीन वर्षको कोर्स सकेपछि पिसिएल नर्सीङ पूरा हुन्छ। नर्सिङ पूरा गर्न ७ लाख रुपिया“सम्म खर्च हुन्छ। तर, अझै नर्सहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको नेपाल नर्सिङ एसोसिएसनले बताएको छ। सरकारी मापदण्डमा दैनिक ६ घण्टा सेवा गरे ५ सय रुपिया“ उपलब्ध गराउनुपर्ने प्रावधान छ।

    तर, निजी स्वास्थ्य संस्थाहरूले खाजा र यातायात खर्च भन्दै मासिक ४ हजारदेखि ८ हजार रुपिया“सम्म दिने गरेको एसोसियसनका कार्यवाहक अध्यक्ष गंगा थापाले गुनासो गर्नुभयो। ‘कुरा उठाऔं भने जागिर नै धरापमा पर्ला कि जस्तो हुन्छ। त्यही भएर चुप लागेर बस्छौं। यस विषयमा नर्सिङ संघ तथा सरोकारवाला निकाय बोलिदिनुप¥यो। भोलेन्टियर गरे गर्नुस्। नत्र जानुस् भन्छ अस्पताल प्रशासनले। डाक्टरलाई महत्व दिन्छन्। हामीहरूलाई राज्यले हेपेको छ’ –एक नर्सले भनिन्।

    नर्सिङ क्षेत्रलाई राज्यले विशेष ध्यान नदि“दा नर्सहरूका समस्याको समाधान हुन नसकेको बताइएको छ। विशेषतः नर्सहरूलाई सुरक्षा, क्वार्टर, जोखिम भत्ता तथा समयमै उचित पारिश्रमिकको समस्या रहेको नेपाल नर्सिङ एसोसियसनले जनाएको छ। सरकारीस्तरसरह निजी अस्पतालहरूले पारिश्रमिक नदि“दा नर्सहरू निकै कम पारिश्रमिकमा काम गर्न बाध्य रहेको पाइएको छ।

    देशभित्र पर्याप्त तलब र उचित मूल्याङ्कन नहु“दा नर्सहरूको गन्तव्यस्थल विदेश हुने गरेको छ। विशेषतः अमेरिका, अस्ट्रेलिया, स्विजरल्यान्डलगायतका देशहरूमा थुप्रै नेपाली नर्स जाने गरेका छन्।

    नेपाली नर्सहरूको तलब विदेशमा मासिक २ देखि ५ लाख रूपिया“सम्म हुने र नर्सहरूको बाहिरी देशमा उपर्युक्त मूल्याङकन र सम्मान हुने भएकाले पनि नर्स पढि सकेपछि नर्स भएकाहरूको विद्यार्थीको गन्तव्यस्थल विदेश हुने गरेको नेपाल नर्सिङ एसोसियसनले बताएको छ। जनाएको छ।

    कतिपय अस्पतालहरूमा नर्सले बिरामीलाई राम्रोसंग हेरचाह नगरेको र व्यवहार पनि राम्रो नगरेको सुनिएको छ। किन नर्सहरूका बारेमा बेलाबेला गुनासो सुनिन्छ भनी जिज्ञासा राख्दा सिभिल अस्पताल काठमाडौंकी सूचना अधिकृत रन्जना नेपालले भन्नुभयो– ‘नर्सहरूको व्यक्तिगत व्यवहारले फरक पार्ने कुरा हो।

    कुनै चर्का स्वभावका हुन्छन् कुनै नरम प्रकृतिका हुन्छन्। परीक्षणकालका लागि आउने भएकाले पनि राम्रो सेवा नदिएको हुन सक्छ।’ उता, टेकु अस्पतालका सूचना अधिकारी शेरबहादुर पुनले भएको जनशक्तिबाहिर जा“दा थोरै नर्सहरूले कम तलबमा काम गर्नुपर्ने हु“दा पनि मन नलगाएर काम गरेको हुन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्