माथिल्लो तामाकोसीको अध्ययन गर्न निर्देशन



काठमाडौं, (नेस)
ऊर्जा मन्त्रालयले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा गएर अध्ययन गर्न नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ। ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै आयोजनाका अधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना मुलुकभित्रै निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र पैसाको समेत बचत हुने भन्दै ऊर्जाले विदेश जाने काम नगर्न निर्देश दिएको थियो। प्राविधिक क्षमता अध्ययन गर्ने शीर्षकमा आयोजना विकास समितिसँग दुई करोड रुपियाँ बजेट रहेको छ। आयोजनाको हाल डिपीआर काम अगाडि बढिरहेको छ। आगामी वर्षभित्र डीपीआर तयार गरेर निर्माणमा जाने योजनामा नलसिंहगाड आयोजना विकास समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्