उदयले सम्झिए नगरिसलाई



बलिउड अभिनेत्री नगरिस फाखरी र अभिनेता तथा निर्देशक उदय चोपडा एक समय एकदमै नजिक थिए। त्यसपछि अचानक उदयले नगरिसको साथ छोडिदिए।

भारतीय सञ्चारमाध्यमका अनुसार जसको गहिरो असर नगरिसमा पर्यो। भनिन्छ कि उदयसँगको ब्रेक अपपछि उनी विदेशमा रहेको आफ्नो घर गएकी थिइन्। त्यस समयमा हाउसफुल ३, अजहरजस्ता उनको फिल्म प्रदर्शन हुनेवाला थिए। तर प्रेममा पाएको चोटका कारण यी फिल्महरूको प्रमोसन पनि उनले गरिनन्। उनले आफ्नो हालत खराब भएको कुरा देखाइरहिन्। हालत किन खराब भयो यो सबैलाई थाहा भएकै कुरा हो।

तर भारतीय सञ्चारमाध्यममा आएका समाचार पत्याउने हो भने उदयलाई फेरि एकपटक नगरिसको यादले सताउन थालेको छ। हालै उनले आफ्नो ट्वीटमार्फत् आफू रोम जान लागेको सार्वजनिक गरेका छन्। उनले नगरिसलाई के मेरो साथ जान्छौ भनेर पनि सोधेका छन्। तर नगरिसले हालसम्म केही पनि जवाफ नदिएको समाचारमा उल्लेख छ। यो ट्वीटबाट बुझ्न सकिन्छ कि उदय फेरि एकपटक नगरिससँग सम्बन्ध जोड्न चाहन्छन्।

उदयले चाहेको भए त उनलाई फोन गरेर पनि यो कुरा सोध्न सक्थे। तर उनले ट्वीट गरेर सार्वजनिक रूपमै यो कुरा सोधे? सायद उनी सारा मानिसहरूलाई उनी नगरिसलाई कति मन मिस गर्दै छन् भन्ने कुरा देखाउन चाहन्छन्। बलिउडको समाचार यसै भन्छ।

प्रतिक्रिया दिनुहोस्