‘पश्चिम सेतीको काम शुरू हुन्छ’



नेपाल समाचारपत्र
कैलाली
ऊर्जामन्त्री जनार्दन शर्माले यसै वर्षदेखि पश्चिम सेती परियोजनाको काम शुरू हुने बताउनुभएको छ। डिजाइनको काम अघि बढिसकेको बताउँदै मन्त्री शर्माले निर्माणको काम एक वर्षभित्रै शुरू हुने जानकारी दिनुभयो। प्रेस सन्टर धनगढीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो। पश्चिम सेती परियोजना निर्माण कम्पनीसँग लिखित सम्झौता भइसकेकाले निर्माण कार्य शुरू हुनेमा कुनै शंका नभएको उहाँले बताउनुभयो।

पश्चिम सेती परियोजनामा आम जनताका लागि शेयर खुला गरिने बताउँदै ऊर्जामन्त्री शर्माले अब कुनै बहानामा पश्चिम सेती नरोकिने दाबी गर्नुभयो। त्यसका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने कुनै काम पनि बाँकी नराखिने उहाँको भनाइ छ। लम्कीबाट पश्चिम सेतीसम्मको प्रसारण लाइन नेपाल सरकारले यसै वर्षदेखि निर्माण शुरू हुने उहाँले बताउनुभयो।

ऊर्जामन्त्री शर्माले करिब तीन दशकदेखि चर्चामा रहेको चिसापानी कर्णाली परियोजनाको काम पनि शुरुआत गर्ने सो अवसरमा जानकारी दिनुभयो। १० हजारदेखि १८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उक्त परियोजना सार्ककै ठूलो परियोजना रहेको उहाँले बताउनुभयो। कर्णाली चिसापानी परियोजनाको बारेमा प्रारम्भिक अध्ययनका लागि छट्टै कार्यालय स्थापना गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। प्रत्येक नेपालीको एक घरबाट १ लाख रुपियाँ शेयर राख्ने र अन्य रकम ऋण लिएर चिसापानी परियोजना बनाउन सकिने उहाँको दाबी छ। पहिलो चरणमा कार्यालय स्थापना गरेर कामको शुभारम्भ गरेको उहाँले बताउनुभयो।

अहिले नेपालमा १० हजार मेगावाट विद्युत् आवश्यक भएको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले लगानीको अभावमा नभई इच्छाशक्ति नभएकाले विद्युत् उत्पादनले गति लिन नसकेको बताउनुभयो। विद्युत् भएमा बजारको कुनै समस्या नरहेको उहाँको भनाइ छ। नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले उज्यालो अभियानको थालनी गरेको छ। अज्यालो अभियानमा सहभागी हुन इच्छा गरेको व्यक्तिहरूलाई मन्त्रालयले आह्वान गरेको छ। लोडसेडिङ अन्त्य गर्ने अभियानमा आपूm रहेको बताउँदै मन्त्री आचार्यले पछिल्लो समयमा सबै ठाउँमा लोडसेडिङ कम हुँदै गएको जानकारी दिनुभयो। धनगढीमा डेढ घण्टा मात्र लोडसेडिङ हुने आफूलाई जानकारी आएको बताउने मन्त्री शर्माले चमेलियाको निर्माण सम्पन्न भएपछि त्यसमा केही कम हुने बताउनुभयो।

चमेलियाको निर्माण कार्य केही समयमा सकिने सो अवसरमा जानकारी दिनुभयो।
हरेक शुक्रबार र शनिबार राजधानी बाहिर निस्कने आपूmहरूको सेडियुलअनुसार यसपटक सुदूरपश्चिम आएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्