इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु



जाकर्ता, २८ माघ । इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ ।

घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अवान र सुकावान गाँउमा पहिरो गएको हो ।

मृतक सवैको शव पहिरोबाट निकालिएको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनास्थलहरुमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय बासिन्दाहरु खटिएका छन् ।

अन्य जिल्लाहरुमा पनि बाढी पहिरोको खतरा रहेकाले त्यस क्षेत्रमा पनि सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा बर्षेनी बाढी पहिरोमा परी धेरै नागरिकहरुको मृत्यु हुने गरेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्