पर्यटक बढे चन्द्रागीरी हिल्समा



समिना तिमिल्सिना, काठमाडौं ।
पछिल्लो समय चन्द्रागीरी हिल्स्मा पर्यटकहरुको संख्या बढ्दै गएको छ । हिमालबाट उपत्यकाको दृष्य मनोरम देखीनु र मौसम अनुकुलताका कारण आन्तरीक तथा वाह्य पर्यटकको संख्या बढ्दै गएको हो ।

एक महिना अघि दैनिक पाँच सय पर्यटक आउने गरेकोमा हाल एक हजारदेखि एक हजार पाँच सयसम्म पर्यटक भित्रीएको चन्द्रागिरी व्यवस्थापन समितीका बिरेन्द्र बहादुर बस्नेतले बताउनुभयो । चन्द्रागिरी व्यवस्थापन समितीका बस्नेतले थप्नुभयो,– हामीले जति सक्यो पर्यटकहरु भित्र्याउने र देशको आर्थिक विकासमा केही टेवा पु¥याउने सोंच लिएका छौं । त्यसका लागी सरकारले पर्यटकहरुको संख्या बृद्धि गर्ने योजना बनोस भन्ने अपेक्षा राख्दछौं ।’

रिसोर्टहरु बनाउने, बृहत वाल बगैंचा बनाउने, प्याराग्लाइडिङ, हर्स राइडिङ निर्माण गर्ने समितीको योजना छ । पछिल्लो तथ्याङक अनुसार असारदेखि अहिलेसम्म एक लाख पर्यटकहरुले हिल्सको अवलोकन गरेको बताइएको छ । सो हिमालबाट माउण्ट एभरेष्ट, मनास्लु, गौरीशंकर हिमाल देखिन्छ ।

बिशेषतः चन्द्रागिरीमा भालेश्वर मन्दिर दर्शन, हिमालको अवलोकन र केवुलकार चढ्न सर्वसाधारण चन्द्रागिरी हिमाल पुग्ने गरेका छन् ।

प्रशिक्षार्थी पत्रकार ।

प्रतिक्रिया दिनुहोस्