खुकुरी प्रहारबाट रसुवामा एक जना गम्भिर घाइते



रसुवा, २८ माघ ।
रसुवाको सदरमुकाम धुन्चेमा खुकुरी प्रहार हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रसुवाको थुमन–९ दाहालफेदीका २५ वर्षका बुद्धि बहादुर तामाङ रहेका छन् ।

घाइतेको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको र थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइका अनुसार तामाङको टाउको र हातमा गम्भिर चोट लागेको छ । घटना आज विहान साढे ११ वजेतिर भएको हो ।

चार जनाको समूहमा खुकुरी लिएर आएका समूहले सडकबाट लखेटेपछि भाग्ने क्रममा निश्वास अन्डरग्राउण्ड क्याफेमा पसेपछि तामाङमाथी अन्धाधुन्ध खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले वताएका छन् ।

घटनामा संलग्न रहेकाहरुको अनुसन्धान तथा खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्