बालकोटमा भाषा तथा सम्पदाको मौलिकता जोगाउने बारे छलफल



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली र भाषा तथा सम्पदा संरक्षण परिषदका प्रतिनिधीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

भेटका क्रममा अध्यक्ष ओली र परिषदका प्रतिनिधीबीच नेपाली भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्ने र तिनको मौलिकता जोगाउने बारेमा छलफल भएको परिषदले जनाएको छ ।

भेटबारे जानकारी दिंदै परिषदका अध्यक्ष डा.लक्ष्मीप्रसाद खतिवडाले बाहिरी दबाबमा देवनागरिक लिपी परिवर्तन गर्न लागिएको बताउँदै देबनागरिक लिपीलाई बचाएर नेपाली भाषा बचाउनका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण गराईएको बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष ओलीले भाषा तथा सम्पदामाथिको बाह्य अतिक्रमण गम्भीर भएको बताउँदै परिषदको आवाजलाई बुलन्द पार्न पहल गर्ने बताउनुभएको डा.खतिवडाले जानकारी दिनुभयो ।

परिषदले पछिल्लो समयमा भाषा संस्कृति संकटमा रहेकोले तिनको संरक्षणको लागि सरकारलाई घच्घच्याउने र बिभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने क्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्