डोटीमा प्रक्रिया नमिल्दा औषधि खरिद गर्न समस्या



विमल विष्ट, डोटी ।
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीमा वार्षिक ४५ लाख बराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि केन्द्रबाट थोरै रकम आउने गरेको जनाएको छ ।

बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि रु ४५ लाख माग गरेको भए पनि केन्द्रबाट थोरै रकम आउदा जिल्लामा औषधी अभाब देखिन थालेको छ । जिल्लामा औषधी खरिद गर्नका लागि तिन तिन पटक सूचना निकाल्नु पर्ने झन्झटीलो प्रक्रिया भएका कारण औषधी खरिद गर्नमा समस्या हुने गरेको जिल्ला जन स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजबिक्रम शाहीले हरेक वर्ष निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधि खरिदका लागि रु ४५ लाख केन्द्रबाट आउने गरेको र यसपटक केन्द्रबाट औषधी अरिद गर्नु पर्ने बिषयमा केहि प्रक्रिया नमिलेर आउदा समस्या देखिन थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘केन्द्र र क्षेत्रबाट उपलब्ध हुने औषधि आउने कुनै निश्चित नहुने गरेको छ । गत असोजमा पहिलो चरणमा हामीले आफै रु ३ लाख बराबरको ४० प्रकारको औषधि खरिद गरी जिल्लाभरका स्वास्थ्य संस्थामा वितरण ग¥यौं । अब त्यो पनि सकिन थालिसक्यो । औषधी खरिदका लागि टेण्डर खोल्दै छौं । अब आउछ होला ।’

डोटी जिल्लाभरीमा ४९ वटा स्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा जिल्ला अस्पताल, ४ वटा नगर स्वास्थ्य केन्द्र,४ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् । अहिले जिल्ला जनस्वास्थ्यले ५ लाखको औषधी खरिद गरेको भएपनि त्यो औषधी पनि प्रयाप्त मात्रामा नपुग्ने स्वंयम स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।

उनीहरु भन्छन् ‘अहिले आएको ५ लाखको औषधी जिल्ला अस्पताललाई नै पुग्दैन अरुलाई के दिनु ।’ जिल्ला जनस्वास्थ्यले खरिद गरेको रु ५ लाखको औषधी केही दिन भित्रमा बितरण गरिने समेत सूचना अधिकारी शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रु ५ खालको औषधी हामीले पुःन किनेका छौ,केहि दिनमा बितरण हुनेछ ।’

यहाँका ग्रामिण क्षेत्रमा हरेका स्वास्थ्य चौकीहरुमा सिटामोल जस्तो सामान्य औषधी पनि सकिएको स्थानियबासीको आरोप छ । जिल्ला जनस्वास्थ्यका अनुसार जिल्ला सदरमुकाममा रहेको अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीहरुबाट ३६ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्ने हुन्छ । डोटी जिल्लामा औषधि भण्डारणको समेत समस्या रहेको जनस्वास्थ्यले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्