बैद्य निकट अखिल क्रान्तिकारी चुनाबमा जाने



काठमाडौं, (नेस)।
बैद्य निकट अखिल क्रान्तिकारीले आसन्न स्ववीयु चुनावमा भाग लिने निर्णय गरेको छ । काठमाडौंमा हालै सम्पन्न भएको राष्ट्रिय भेलाले चुनावमा भाग लिने निर्णय गरेको हो ।

यद्यपि देशभरका बिभीन्न कलेज तथा क्याम्पसहरुमा भएको फर्जि भर्ना खारेज गर्न भेलाले माग गरेको छ । भर्ना स्थगन गरिएको मिती पछि पनि बिभीन्न क्याम्पसहरुमा अवैध बिद्यार्थीहरु भर्ना भएको भन्दै तत्काल उक्त कार्य रोक्न क्रान्तिकारीले माग गरेको छ ।

साथै वैठकले सेवन्तराज भण्डारीको अध्यक्षतामा एक सय २५ सदस्यीय केन्द्रिय समिती गठन गरेको छ । बाँकी पदाधीकारीं केहि दिनमै बस्ने केन्द्रिय समितीको बैठकले टुंगो लगाउने अखिल क्रान्तिकारीका नवनिर्वाचित केन्द्रिय सदस्य प्रशान्त वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्