सहमितको अर्थ



धरहराले आफ्नो दूरबीन बुधबार चितवन तर्फ सोझ्याउँदा त्यहाँ मुलुकका प्रधानमन्त्री पुकदा सहमतिपछि मात्रै निर्वाचन हुने बताउँदै गरेको अवस्थामा देखिनुभयो । कस्तो राम्रो कुरा —सहमति भएपछि निर्वाचन ।

तर, त्यो सहमति कहिल्यै भएन भने के गर्ने ? निर्वाचन नै नगर्ने हो कि ? यसबारेमा भने उहाँले केही नभनेको देखेर धेरैले त्यहाँ नै टिप्पणी गर्दैथिए—यो सहमति भनेको के रहेछ ?

अहिलेको संसदमा रहेका प्रमुख तीन पार्टी निर्वाचनको लागि तयार हो भने दुई तिहाई भन्दा बढीको समर्थन हुन्छ । दुई तिहाईले निर्णय गरेको कुरालाई सहमति मान्ने कि नमान्ने ? सबै विषयमा देशका सबै पक्षसँग सहमति खोजिएको हो भने त्यस्तो सहमति अबका १०÷२० वर्ष सम्म नहुन पनि सक्छ । त्यो अवस्थामा के गर्ने, निर्वाचन नै नगर्ने ?

हुनत स्थानीय निर्वाचन नभएको दुई दशक भइसकेको छ । नभएपनि नेताजीहरुले खान पाएकै छन्, लाउन पाएकै छन् । के बिग्रेको छ र ? कि कसो ? धरहरा वरपर धेरै मान्छे कुरा नबुझेर हैरान भएको पाइएको छ । पाठकबृन्दलाई थाहा भए खुसुक्क खबर पाऔं है ।

प्रतिक्रिया दिनुहोस्