इनोभेटिभ कप समाप्त



2073.10.26 Kathamandu new Baneswhor 6th Innovative Interschool Basketball Tournament ma winner teams are Mt Kailash HHCA and Puspa sadan Photo Rajendra

काठमाडौं, (नेस)
माउन्ट कैलाश, एचएचसीए र नव ज्योतिले छैटौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।

माउन्ट कैलाश सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र नव ज्योति जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । शंखमूलस्थित आयोजक इनोभेटिभ इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा माउन्ट कैलाशले पुष्पसदनलाई ५०–४६ ले पराजित ग¥यो । टोलीको जितमा देवबहादुर दवाडीले १९ अंक योगदान गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले आयोजक इनोभेटिभलाई २२–१८ ले हराउदै उपाधि रक्षा ग¥यो । एचएचसीएकी मिङमा शेर्पाले १२ अंक जोडिन् । एचएचसीए पनि सुरुका दुई क्वाटरमा २–५ र ४–८ ले पछि परेको थियो । बाँकी दुई क्वाटरमा क्रमशः १०–२ र ६–३ को अग्रता हासिल गर्दै टोलीले उपाधि जोगायो ।

जुनियर ब्वाइजको फाइनलमा नव ज्योतिले पुष्पसदनमाथि ४६–२९ को सहज जित निकाल्दै नयाँ च्याम्पियन बन्यो । नव ज्योतिका संगम सेनले १२ स्कोर गरे । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागार्ईंलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्