टेलिकमको प्याकेज



काठमाडौ,(नेस)
नेपाल टेलिकमले फोरजीका ग्राहकलाई प्रत्येकदिन एक सय एमबिका दरले चारसय एमवी डाटा उपलब्ध गराउने प्याकेज ल्याएको छ।

माघ २२ गतेदेखि यो अफर फागुन ७ गतेसम्म सेवा सुचारु गर्नेले पाउने टेलिकमले जनाएको छ। टेलिकमले नयाँ प्रयोगका रूपमा जिएसएम ग्राहकका लगि ’फेसबुक प्याकेज’ ल्याएको छ। सय एमवीको यो प्याकेज २० रूपैयाँ तिरेर लिन सकिन्छ र यसको अवधि पाँच दिनको रहनेछ।

टेलिकमले नाइट डाटाप्याक अन्तर्गत राति १० बजे देखि बिहान ६ बजे सम्म ५०० एमबि डाटाका लागि ४० रूपैयाँमा तथा १२ सय एमबि डाटा ८५ रूपैयाँमा दिनेछ। डाटा प्याकेजको समयाअवधि क्रमश ७ दिन तथा १५ दिन रहने टेलिकमले जनाएको छ। जिएसएम डाटा अफर अन्तर्गत एकसय ३० रूपैयाँमा ७ दिन समयसहितको दुई सय एमबि डाटामा दुई सय एमबि नै बोनस र तीनसय रूपैयाँमा १५ दिनको समयसहितको पाँच सय एमबि डाटामा पाँच सय एमबि नै बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ।

सिडिएमए डाटा अफर अन्तर्गत ७५ रूपैयाँमा सात दिन समयको २०० एमबि डाटामा दुई सय एमबि नै बोनस र १७५ रूपैयाँमा १५ दिन समयको पाँच सय एमबि डाटामा पाँच सय एमबिनै बोनस दिने जनाएको छ।एनटी प्रोका प्रयोगकर्ताले ३ रूपैयाँ प्रतिमिनेटमा कल गर्न पाउने टेलिकमले जनायो।

टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। ५०, १०० सय र २०० सय रूपैयाँको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन्। ५०० सय र १ हजार रूपैयाँको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउने छन्। टेलिकमको इजि कल टु इजि कलको शुल्क निशुल्क गराइएको छ। टेलिकमका पिएसटिएन, सिडिएमए र जिएसम नम्बरहरूमा समेत कल गर्नसक्ने व्यवस्था गरेको छ। टेलिकमले इन्टरनेटको मूल्यमा परिवर्तन गरेको छ।

अनलिमिटेड एडिएसल प्याकेजमा हाल १९२ केविपिएसको मूल्यमा २५६ केविपिएस पाउने र ३८४ केविपिएस पाइरहेकाले ५१२ पाउने छन्। त्यस्तै ५१२ केविपिएस भएकाले हालकै मूल्यमा ७६८ केविपिएस ब्यान्डविथको इन्टरनेट पाउने टेलिकमले जनाएको छ। ल्यान्डलाइन टेलिफोन सेवाका सेवाग्राहीहरूले २०७३ फाल्गुन महिनाको मासिक रेन्टल चार्जमा मा थप २५ कल निशुल्क प्रदान गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्