सेञ्चुरी बैंकको खुद मुनाफामा वृद्धि



काठमाडौं(नेस)
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकमा संचालन मुनाफ्mा ३२ करोड ७४ लाख रूपैयाँ तथा खुद मुनाफा रूपैयाँ २२ करोड ३९ लाख गरेकोे छ। खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमासिक भन्दा २०१ दशमलब ५० प्रतिशतले वृद्धि भएको हो। चालू आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख राखेको छ।

बैंकले ३२ अर्ब ६८ करोड रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड रूपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकको प्रति सेयर आम्दानी १२ रूपैंयाँ १४ पैंसा, प्रति सेयर नेटवर्थ १ सय २२ रूपैंयाँ ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७ दशमलब ५१ गुणा कायम भएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको अवधिमा ८ अर्ब पूँजी पु¥याउन बैंक कटिबद्ध छ। जस अनुरूप बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ भने नपुग रकम हकप्रद तथा बोनस शेयर जारी गरी पु¥याउने लक्ष्य लिएको छ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रूपमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। साथै, प्राप्ति पश्चात बैंकको शाखा संजाल ५४ वटा हुनेछ।

प्रतिक्रिया दिनुहोस्