६ प्रतिशत बालबालिका कुपोषित



डोटी, (नेस)
डोटीमा ६ प्रतिशत बालबालिका कुपोषित रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख शतिस विष्टले बताउनुभयो। डोटी जिल्लामा पोषण तथा खाद्य सुरक्षाको अवस्था कमजोर रहेको उहाँको भनाइ थियो।

जिल्ला सदरमुकाम सिलगढीमा आयोजित बहुक्षेत्रीय पोषण योजनाको जिल्लास्तरीय अभिमुखीकरण गोष्ठी कार्यक्रममा विष्टले उक्त जानकारी दिनुभएको हो। डोटीमा झन्डै ७३ प्रतिशत महिलाले संस्थागत सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्