‘फागुन २ सम्म घर नभत्काऊ’



हेटौंडा,(नेस)। हेटौंडामा जारी सडक २५ मिटर फराकिलो पार्ने अभियानले आफूहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्रभित्र परेको रिट निवेदनमा सर्वोच्चले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै फागुन २ गतेसम्म निवेदकको घर नभत्काउन सडक डिभिजनलाई भनेको हो ।

आदेशमा फागुन २ गते दुबै पक्षबीच छलफल गर्नुपर्ने भएकोले २ गतेसम्म घर नभत्काउन आदेश जारी गरेको हो । २५ मिटर क्षेत्रका इन्द्रमाया श्रेष्ठसहित ७ जनाको रिटमा आदेश जारी गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्