ठूला माछा



सुन तस्करी काण्डमा एक जना प्रहरीका हाकिम आइतबार पक्राउ परेको देख्दा धरहरा वरपरका पनि धेरैले जिब्रो टोकेका छन् । यी त देखिएका भए । नदेखिएका प्रहरी हाकिमले अझ के के गरेका होलान् भनेर जनमानसमा खुलदुली उब्जिन पुगेको छ ।

सुन काण्डमा जतिसुकै ठूलाबडा मुछिएको भएपनि तिनलाई नछोडियोस् भन्ने जनमत रहेको पाइएको छ ।

प्रहरीका ठूला माछा मात्रै होइन पर्यो भने र प्रमाण पाइयो भने राजनीतिका ठूला माछालाई पनि नछोडियोस् । मुखमा रामराम बगलीमा छुरा बोकेर मुलुकलाई नोक्सानी गर्नेहरुलाई राज्यले छोड्नुहुन्न ।

यदि राज्य चलाउने आफू मध्येकै कोही पनि त्यस्तो धन्दामा संलग्न छन् भने पनि ईमान्दार राज्य सञ्चालकहरुले छोड्नु हुन्न । धरहरा वरपर आउनेहरुको यस्तै सदीच्छा छ । सदीच्छा पूरा गरेर वाहवाही कमाउने जिम्मा सम्बद्धहरुकै काँधमा छ है । हेक्का राखियोस् ।

प्रतिक्रिया दिनुहोस्